नयाँ निर्जीवन बीमा कम्पनीमा तिब्र प्रतिस्पर्धा, के मा कुन अगाडि ?

Aug 26, 2018 Merolagani

गत आर्थिक वर्षमा सञ्चालनमा आएका नयाँ तीन निर्जीवन बीमा कम्पनी मध्ये दुई कम्पनीले मात्रै चौथो त्रैमासिक प्रतिबेदन सार्वजानिक गरेका छन् । गत बर्षमा सानिमा, अजोड र जनरल इन्स्योरेन्स सञ्चालनमा आएको थियो । त्यस मध्ये सानिमा र अजोड इन्सयोरेन्सले वित्तीय विवरण सर्वजनिक गरेका छन् भने जनरलले गरेको छैन ।

वित्तीय विवरणहरुको आधारमा खुद नाफामा वृद्धि गर्नेमा सानिमा इन्स्योरेन्स भएपनि कुल बीमा शुल्क आर्जनमा अजोड इन्स्योरेन्सले उछिनेको छ । दुबै कम्पनीले पूँजीगत रकमलाई बैंकमा जम्मा तथा लगानी गरेर कम्पनीले खुद नाफा आर्जन गरेको देखाएका हुन् । 

असार २७ गते देखि व्यवसाय सुरु गरेको सानिमा इन्स्योरेन्सले ६ दिनमा दुई करोड ३० लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ भने अजोड इन्स्योरेन्सले दुई करोड ६३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ ।

यस्तै सानिमा इन्स्योरेन्स भन्दा पाँच दिन अघि अर्थात असार २१ गतेबाट औपचारिक ब्यबसाय शुरु गरेको अजोडले ३३ वटा बीमालेखबाट २४ लाख २५ हजार कूल बीमाशुल्क आर्जन गरेको छ । सानिमा इन्स्योरेन्सले असार मसान्तसम्ममा १५ वटा बीमालेख जारी गरेर दुई लाख ७४ हजार १०० रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

समीक्षा अवधिमा अजोडले एक लाख ३८ हजार खुद बीमा शुल्क आर्जन गर्दा सानिमाले एक लाख ३१ हजार रुपैयाँको खुद बीमाशुल्क आर्जन गरेको छ । सानिमाले पुनर्बीमा कमिशनबाट चार लाख ८८ हजार कमाइ गर्दा अजोडले ३८ हजार रुपैयाँ मात्र गरेको छ ।

चुक्ता पूँजीको आधारमा दुबै कम्पनीको समान ७० करोड रुपैयाँ रहँदा प्रतिसेयर आम्दानीमा सानिमा अगाडि छ । यस अवधिमा सानिमा इन्स्योरेन्सको प्रति शेयर आम्दानी ३ रुपैयाँ २९ पैसा रहँदा अजोड इन्स्योरेन्सको २ रुपैयाँ ८७ पैसा मात्र रहेको छ ।

अजोड इन्स्योरेन्स जगेडा कोष र बीमा कोषमा अगाडि छ भने महाविपत्ति कोषमा अजोड एक लाखले अगाडि छ । यस अवधिमा अजोडले जगेडा कोषमा ९० लाख २८ हजार रुपैयाँ, बीमा कोषमा एक करोड ३२ हजार र महाविपत्ति कोषमा १० लाख तीन हजार रुपैयाँ सञ्चित छ ।

उता सानिमा इन्स्योरेन्सको जगेडा कोषमा ८४ लाख ३९ हजार, बीमा कोषमा एक करोड १५ लाख र महाविपत्ति जगेडा कोषमा ११ लाख ४४ हजार रुपैयाँ सञ्चित छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।