सेयर बजारमा निरन्तर गिरावटले म्युचुअल फण्डको खुद सम्पत्ति घट्दाे

Aug 27, 2018 Merolagani

सेयर बजार निरन्तर तल झर्न थालेपछि त्यसको प्रभाव म्युचुअल फण्डहरुको वित्तीय विवरणमा देखा पर्न थालेको छ । सोमबार मासिक विवरण प्रकाशित गरेका नबिल इक्वीटी फण्ड र ग्लोबल आईएमई समुन्नत योजना–१ दुबैको खुद सम्पत्ति र प्रतिइकाई खुद सम्पत्ति मूल्य (NAV) दुबै असारको भन्दा साउनमा घटेकाे छ । 

लगातार शेयर बजार घट्दा म्युचुअल फण्डको खुद सम्पत्ति घट्ने भएकाले त्यसको प्रत्यक्ष प्रभाव फण्डका प्रतिइकाई खुद सम्पत्ति मूल्य (नाभ) मा देखिने गरेको हाे ।

अर्कोतिर प्रथामिक बजारमा प्रतिइकाई १० रुपैयाँमा खरिद गर्नुपर्ने फण्डको इकाईहरुकाे मूल्य ९ रुपैयाँभन्दा तल झर्दा लगानीकर्तालाई भने लगानीको अवसर समेत प्राप्त भएको छ ।  बजार घट्ने प्रवृत्ति नराेकिँदा साउन मसान्तमा रहेकाे भन्दा भदौ ११ गतेसम्ममा फण्डको नाभ थप घटेको छ ।

नबिल इक्वीटी फण्डको खुद सम्पत्ति एक करोड ७ लाखले घट्यो

नबिल इक्वीटी फण्ड (NEF) को खुद सम्पत्तिमूल्य साउन समान्तमा एक अर्ब ७ करोड १७ लाख १४ हजार ३८३ रुपैयाँमा झरेको छ । यो रकम असार मसान्तको तुलनामा एक करोड ७ लाख ६७ हजार ६९१ रुपैयाँ कम हो । गत असार मसान्तमा फण्डको खुद सम्पत्ति एक अर्ब ८ करोड २४ लाख ८२ हजार ७४ रुपैयाँ रहेको थियो ।

एक अर्ब २५ करोड रुपैयाँ आकारको फण्डको खुद सम्पत्ति घटेसँगै प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तमा ८ रुपैयाँ ५७ पैसामा खुम्चिएको छ । असारमा फण्डको प्रति इकाई खुद सम्पति मूल्य ८ रुपैयाँ ६६ पैसा थियो । गत महिनाको तुलनामा यस महिना प्रति इकाई खुद मूल्य ९ पैसाले ह्रास आएको हो ।

त्यसैगरी फण्डले गरेको ८८ करोड २६ लाख १८ हजार रुपैयाँ कुल लगानीमध्ये ५६ सुचीकृत कम्पनीका १५ लाख ९५ हजार कित्ता सेयरमा ६४ करोड ७८ लाख ७३ हजार रुपैयाँ लगानी गरेको छ । ऋणपत्रमा ८ करोड ६३ लाख ८८ हजार रुपैयाँ, सुचीकृत नभएका सेयरमा दुई करोड ३३ लाख ५५ हजार तथा मुद्धती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । फण्डले १८ करोड ४२ लाख ५१ हजार रुपैयाँ बैंक मौज्दातमा राखेको छ ।

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्डको साउन महिनामा कुल नोक्सानी एक करोड ७ लाख ६७ हजार रुपैयाँ छ । असार मसान्तमा १६ करोड ३५ लाख २९ हजार रुपैयाँ नोक्सानीमा थियो ।

ग्लोबल आईएमई समुन्नत योजना–१ को नाभ ९ पैसा झर्याे

साउन मसान्तमा ग्लोबल आईएमई समुन्नत योजना–१ (GIMES1) को प्रति इकाई खुद सम्पत्ति मूल्य –नाभ) ८ रुपैयाँ ६३ पैसामा घटेको छ । असारमा ८ रुपैयाँ ७२ पैसा रहेकाे उसकाे नाभ पनि ९ पैसाले  नै गिरावट आएको हो ।

एक अर्ब आकारको सामूहिक लगानी कोष ग्लोबल आईएमई समुन्नत योजना–१ को साउन मसान्तमा खुद सम्पत्ति मूल्य ८६ करोड ३४ लाख ५६ हजार ७१ रुपैयाँमा झरेको छ । गत असार मसान्तमा ८७ करोड १६ लाख ४७ हजार १४५ रहेको थियो । असारको तुलनामा फण्डको खुद सम्पत्ति ८१ लाख ९१ हजार ७४ रुपैयाँले कमी आएको हो ।

साउन मसान्तसम्म फण्डले कूल सम्पत्ति ८२ करोड ९७ लाख ७९ हजार ९८४ रुपैयाँ रहेको छ । यसमम्ये ९५ वटा सूचीकृत कम्पनीको शेयरमा ७५ करोड ८७ लाख ७४ हजार ४७७ रुपैयाँ, ऋणपत्रमा एक करोड, सूचीकृत नभएका कम्पनीको शेयरमा ५ करोड ६० लाख, र मुद्धती निक्षेपमा ५० लाख रुपैयाँ लगानी गरेको छ । फण्डको बैंक मौज्दात तीन करोड ८५ लाख २० हजार ४८२ रुपैयाँ रहेको छ ।

ग्लोबल आईएमई समुन्नत योजना–१ साउन महिनामा ८ करोड ३६ लाख ६२ हजार ३४ रुपैयाँ नोक्सानी छ । असार मसान्तमा फण्ड ७ करोड ७४ लाख ७० हजार रुपैयाँ नोक्सानी थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।