उपत्यका बाहिर सोमबार नै अन्तिम दिन रहेको उक्त फाइनान्स कम्पनीको हकप्रदमा उपत्यकामा सोमबार गाइजात्राको विदा परेकाले मंगलबार अन्तिथम दिन कायम भएको हो । यसअघि साउन २७ गते अन्तिम रहेकोमा प्रयाप्त आवेदन नपरेपछि फाइनान्सले १५ दिन समय थपेको थियो ।
सिनर्जीले १ बराबर ०.२५ कित्ताको अनुपातमा असार २५ गतेदेखि ११ लाख ८६ हजार २२.४७ कित्ता शेयर निष्काशन गरेको हो । यस हकप्रदमा गत जेठ २९ गते सम्ममा कायम शेयरधनीहरुले मात्र आवेदन गर्न सक्नेछन् ।
फाइनान्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सेयरधनीले धितोपत्र बोर्डवाट मान्यता प्राप्त सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुवाट हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।
यसैगरि प्रभु क्यापिटल,कमलादी, सिनर्जी फाइनान्सको कार्पोरेट तथा शाखा कार्यलयहरुवाट समेत हकप्रद शेयरमा आवेदन दिन सकिने व्यवस्था रहेको छ ।