नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क १४ करोडले बढ्यो, खुद नाफा कति ?

Aug 30, 2018 Merolagani

नेपाल इन्स्योरेन्स (NICL) को खुद बीमा शुल्क आर्जन गत आर्थिक बर्षमा १४ करोड ३० लाख रुपैयाँले वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा कम्पनीले ४५ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद नाफामा समेत ८.५६ प्रतिशतले सुधार आएको छ । अघिल्लो वर्ष कम्पनीले ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले १२ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

६१ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा २४ करोेड ५३ लाख रुपैयाँ र बीमा कोषमा १९ करोड ८३ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ २४ पैसा, प्रति शेयर नेटवर्थ १७१ रुपैयाँ ८२ पैसा र मुल्य आम्दानी अनुपात ३२.५१ गुणा बढी रहेको छ ।

यस अवधिमा कम्पनीले कम्पनीले पुर्नबीमावाट ११ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ भने पुर्नबीमा कमिशनमा १३ लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ ।

चौथो त्रैमासको अन्त्यसम्म भुक्तानी हुन बाँकी दाबी वापतको व्यवस्था ३० करोड ५४ लाख रुपैयाँ रहेको छ ।

एक लाख दुई हजार २०४ वटा वीमालेख जारी गरेको यस कम्पनीले ८७ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यस अवधिमा कम्पनीले ७३ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले एक हजार ९८७ दाबी वापत ३९ करोड ६५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने एक हजार ८५८ दाबी वापत ८८ करोड पाँच लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।