मिर्मिरे लघुवित्तले प्रस्ताव गर्यो बोनस, हकप्रदले समेत पाउने

Sep 03, 2018 Merolagani

मिर्मिरे लघुवित्त (MMFDB) ले गत आर्थिक बर्ष २०७४/७५ को नाफा तथा जगेडा कोषबाट बोनस सेयर प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको भदौ १७ गते आइतबार बसेको १३७ औं बैठकले २४ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले साउन २९ गतेसम्म जारी गरेको एक बराबर एक अनुपातको हकप्रद बाँडफाँड गरि कायम हुने चुक्ता पूँजी १० करोड ३८ लाख ६० हजारको २४ प्रतिशत बोनस प्रस्ताव गरेको हो ।

यसअनुसार कम्पनीले दुई करोड ४९ लाख २६ हजार ४०० रुपैयाँ बोनस तथा कर प्रयोजनका लागि १३ लाख ८ हजार ६३६ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

प्रस्तावित बोनस सेयर राष्ट्र बैंकको स्वीकृती तथा लघुवित्तको आगामी बार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र सेयरधनीलाई वितरण हुनेछ । बोनसपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ पुग्नेछ ।

लघुवित्तले गत आर्थिक वर्षमा ३०.८ प्रतिशत बोनस वितरण गरेको थियो। गत आर्थिक बर्षमा कम्पनीले ३ करोड ४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ७० पैसा कायम गरेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।