नेप्सेको गम्भिर त्रुटी र लापरवाहीले शेयर बजारका लगानीकर्ता आक्रोशित

Sep 03, 2018 Merolagani

सोमबार शेयर बजार खुल्नु अगाडि नेपाल स्टक एक्सचेञ्ज नेप्सेको वेवसाइटमा ग्रामिण विकास लघुवित्तको शेयर मूल्य समायोजन गरिएको सूचना प्रकाशित भयो । नेप्सेले सूचना प्रकाशनमा गरेको त्रुटी र लापरवाहीले शेयर बजारका लगानीकर्तालाई आक्रोशित बनायो ।

नेप्सेले सोमबार ग्रामिण विकास लघुवित्तको ५० प्रतिशत हकप्रदपछि शेयर मूल्य समायोजन गरेर सूचना जारी गरेकोपछि नेप्सेको लापरवाही र त्रुटीको खुलासा भएको हो ।

ग्रामिण विकास लघुवित्तले गत साउन २९ गते पचास प्रतिशत हकप्रद जारी गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेको थियो । उक्त निर्णय पारित गराउन कम्पनीले अगामी असोज ५ गते विशेष साधारण सभा बोलाएको छ ।

असोज ५ गते डाकेको विशेष साधारण सभाका लागि लघुवित्तले भदौ १८ गतेदेखि सभाको दिनसम्म सेयरधनी किताब बन्द गर्ने सूचना प्रकाशित गरिसकेको छ । तर नेप्सेले साधारणसभा बाट पारित नै नभएको हकप्रदको भदौ १८ गते नै शेयरमूल्य समायोजन गरेर गम्भिर त्रुटी र लापरवाही गरेको छ । यसले लगानीकर्तामा आक्रोश पैदा गरेको छ ।

विशेष साधारणसभा प्रयोजनका लागि गरिएको बुक क्लोजमा शेयरमूल्य समायोजन गरेपछि शेयर बजारका लगानीकर्ता नेप्सेको लापरवाहीप्रति चिन्तित समेत बनेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।