मिर्मिरे लघुवित्त शेयर रजिष्ट्रारमा एसबिआई मर्चेन्ट नियुक्त

Sep 06, 2018 Merolagani

मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) को शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । लघुवित्तले भदौं २१ गते देखि लागु हुने गरी एसबिआई मर्चेन्टलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

अब वित्तीय संस्थाको शेयर दाखिला खारेज तथा शेयर सम्बन्धि सम्पुर्ण कार्यहरु एसबिआई मर्चेन्टले गर्नेछ । यस अघि मिर्मिरेको शेयर रजिष्ट्रार प्रभु क्यापिटल रहेको थियो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले हकप्रदमा नबिकेको ९ हजार ७५३ कित्ता शेयर भदौं २६ गते देखि लिलामीमा ल्याउँदैछ । जसको बिक्री प्रबन्धक एनआईबिएल एस क्यपिटलले गर्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।