गणपति माइक्रोफाइनान्सको तीन लाख कित्ता आईपिओ आउने

Sep 06, 2018 Merolagani

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको तीन लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न बिक्री प्रबन्धक छनौट गरेको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडले कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने भएको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ७ करोड रहेकोछ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ आषाढ १३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।

दुलेगौढा, तनहुँमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् १०,४२८ विपन्न वर्गका समूहहरुलाई रु.५६ करोड कर्जा प्रवाह गरेको छ । त्यसैगरी बचत संकलन रु.१३ करोड २६ लाख रहेको छ ।

 

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो एजिएम, साढे ४८ प्रतिशत लाभांश बाँड्न कहिले गर्दैछ बुकक्लोज ?

Apr 26, 2019

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) आर्थिक वर्ष २०७४/७५ मा बीमा कम्पनीमध्ये पहिलो साधारण सभा डाक्ने कम्पनी बनेको छ। इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार होटल दियालो वीरगञ्जमा बिहान ९:३० बजे १९ औं वार्षिक साधारण सभा बोलाएको हो।