चौतारी लघुवित्तले पायो ५ करोड ४० लाखको आईपिओ निश्कासनको अनुमति

Sep 09, 2018 Merolagani

चौतारी लघुवित्तलाई धितोपत्र बोर्डले ५ करोड ४० लाख मूल्य बराबरको आइपिओ निश्कासनको अनुमति दिएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले १०० रुपैयाँ अंकित दरका ५ लाख ४० हजार कित्ता साधारण सेयर निष्काशनको अनुमति पाएको हो ।

कम्पनीको आइपिओ निश्कासन तथा बिक्री प्रबन्धको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गर्नेछ ।

हाल चौतारीको चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपिओपछि चुक्ता पूँजी १८ करोड पुग्नेछ ।
कम्पनीको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउदछ ।

वि.सं. २०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट ’घ’ वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको थियो । 

लघुवित्तको कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्लाभित्रमा रहेको छ । ३४ शाखा कार्यालय मार्फत २२ हजार ९०८ जना विपन्न वर्गका महिलालाई समूहमा आबद्व गराएर सेवा प्रदान गर्दे आइरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।