इन्स्योरेन्सले १५ हजार ८६१ कित्ता संस्थापक समूहको तथा एक लाख २१ हजार १५४ कित्ता साधारण तर्फको शेयर लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले यस सेयरमा २४ गते आइतबार कार्यालय समयभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।
लिलामी शेयरमा प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु आदर्शनगर विरगञ्ज, जलजलाचोक विराटनगर, मिलनचोक बुटवल, न्यूरोडपोखरा, वीरेन्द्रनगर सुर्खेत, सुर्खेत रोड नेपालगञ्ज, र गोदावरीरोड धनगढीबाट मार्फत बोलपत्र लिन र पेश गर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
बाेलपत्र पेश गर्दा न्यूनतम एक सय रुपैयाँदेखि बढाबढ मूल्यमा दश कित्ताले भाग जानेगरी कम्तिमा सय कित्तादेखि लिलामी खाेलिएकाे सबै सेयरका लागि आवेदन गर्न पाइनेछ ।
कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्ता पूँजीको ४६ प्रतिशत बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । यहि सेयरमा अवितरित सेयर अहिले लिलामीमा ल्याएको हो ।
कम्पनीले हकप्रद बिक्री चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ। कम्पनीमा संस्थापक शेयरधनीहरुको हिस्सा ३६ प्रतिशत, कर्मचारी सञ्चयकोष १५ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत छ।
आइतबार कम्पनीको सेयर दोस्रो बजारमा प्रतिकित्ता ४९७ रुपैयाँमा कारोबार भैरहेको छ। गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ नाफा गरेको कम्पनीको हालको पूँजी अनुसार प्रतिशेयर आम्दानी ३२ रुपैयाँ छ।