समता माइक्रोफाइनान्सले घटाएर प्रस्ताव गर्यो बोनस, नगद कति ?

Sep 10, 2018 Merolagani

समता माइक्रोफाइनान्स वित्तीय संस्था (SMATA) ले गत वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो बर्षको भन्दा बोनस घटाएको छ । समताले बोनस र नगदगरी २१.०५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

अघिल्लो वर्ष समताले २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी चार करोड १७ लाख नाघ्नेछ ।

गत आर्थिक वर्षमा समताले ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा कायम गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।