बोटलर्स नेपालको नयाँ प्रोजेक्टमा चार्टड बैंकले झण्डै तीन अर्ब लगानी गर्ने, लाभांश कति ?

Sep 10, 2018 Merolagani

विश्वविख्यात ब्राण्ड काेकाकाेलाको उत्पादन गर्ने बोर्टलर्सले दुई अर्ब ८५ करोड रुपैयाँमा नयाँ प्रोजेक्ट थालनी गर्ने भएको छ। बोटलर्स नेपाल तराईले नयाँ प्रोजेक्ट थालनीका लागि स्ट्याण्डर्ड चार्टड बैंकबाट  साे रकमकाे आवधिक कर्जा (ट्रम लोन) आगामी बार्षिक साधारण सभाबाट अनुमोदन गराउन लागेको कम्पनीले जनाएको छ।

बोटलर्स नेपाल बालाजुले असोज १५ गते चालिसौँ तथा बोटलर्स नेपाल तराईले असोज १६ गते बत्तिसौं बार्षिक साधारण सभा होटल -याडिसन, लाजिम्पाट काठमाडौंमा आह्वान गरेको छ । 

बोटलर्स नेपालकाे २० र तराइकाे ४० प्रतिशत नगद प्रस्ताव

दुबै कम्पनीले आर्थिक वर्ष २०७४/७५ को अवधिमा कमाएको नाफाबाट बोटलर्स नेपाल बालाजुले २० प्रतिशत र बोटलर्स नेपाल तराईले ४० प्रतिशत नगद लाभांश प्रस्ताव  गरेकाे छ ।  

साधारणसभा प्रयोजनका लागि बोटलर्स नेपाल तराईले असोज २ देखि असोज १६ गतेसम्म र बोटलर्स नेपाल बालाजुले असोज १ देखि १५ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यस अनुसार साधारण सभाका लागि बुकक्लाेज गरेकाे अघिल्लाे दिनसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

बोर्टलर्स नेपाल तराईले अघिल्लो बर्ष २५ प्रतिशत नगद लाभांश बाँडेको थियाे । गत आर्थिक बर्षमा ७१ करोड ५४ लाख रुपैयाँ नाफा गरेको कम्पनीले १५ प्रतिशत लाभांश बढाएकाे हाे । १२ करोड १० लाख रुपैयाँ सेयर पूँजी तराइको जगेडा कोषमा एक अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ ।

आर्थिक वर्ष २०६९/७० मा ६० प्रतिशत नगद लाभांश बाँडेदेखि लाभांश नबाँडेकाे पाँच बर्षपछि २० प्रतिशत लाभांश बाँडेकाे हाे । उसले गत आर्थिक बर्षमा एक अर्ब ९० लाख रुपैयाँ नाफा गरेको थियाे ।  १९ करोड ४८ लाख रुपैयाँ सेयर पूँजी रहेको बोटलर्स नेपालको जगेडा कोषमा तीन अर्ब दुई करोड ९४ लाख रुपैयाँ छ ।

असोज १६ गते बिहान १० बजे बोलाइएको बोटलर्स नेपाल तराइ (BNT) को साधारण सभाले विशेष प्रस्तावको रुपमा अगाडि सारेको कम्पनी ऐन २०६३ मा भएको व्यवस्था अनुरुप पेट लाईन विस्तारको लागि स्ट्याण्डर्ड चार्टड बैंकबाट दुई अर्ब ८५ करोड रुपैयाँ आवधिक कर्जा लिने सम्बन्धमा निर्णय गर्ने प्रस्ताव छ ।

त्यसैगरि अन्य प्रस्तावहरुमा लाभांश प्रस्ताव पारित गर्ने, सर्वसाधारणको तर्फबाट एक जना सञ्चालकको निर्वाचन सम्बन्धमा छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ का लागि लेखा परिक्षकको नियुक्ती गरी निजको पारिश्रमिक तोक्ने लगायतका रहेका छन् ।

यसैगरि बोटर्लस नेपाल बालाजु (BNL) ले असोज १५ गते दिउँसो ४ बजे साधारण सभाले लाभांश सहित आर्थिक वर्ष २०७५/७६ को लेखा परिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।