गरिमाले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

Sep 11, 2018 Merolagani

गरिमा विकास बैंक (GBBL) ले आफ्नो शेयरधनीहरुलाई गत बर्षको कमाईबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको कुल १३.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जस अनुसार बैंकले १० प्रतिशत बोनस शेयर र कर सहित ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । अघिल्लो वर्ष बैंकले १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएपश्चात बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ छ । गत बर्ष बैंकले ४३ करोड ७८ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १७ रुपैयाँ २७ पैसा कायम गरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात १०.५४ गुणा बढी छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।