मिर्मिरेको ९ हजार ७५३ कित्ता शेयरको लिलामी खुल्यो,सकार्नेले बोनस पनि पाउने

Sep 11, 2018 Merolagani

मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB)ले लिलामीमा राखेको शेयरमा आज मंगलबार भदौ २६ गते देखि आवेदन खुलेको छ । लघुवित्तले हकप्रदमा नबिकेको ९ हजार ७५३ कित्ता सर्वसाधारण शेयर लिलामीमा राखेको छ ।

कम्पनीले गत असार २७ गते देखि साउन २९ गते सम्म ४ लाख ५० हजार कित्ता हकप्रद शेयरको बिक्री खुल्ला गरेको थियो ।
लघुवित्तको लिलामी शेयरमा न्युनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ देखी न्युनतम १०० कित्ताको लागि बोलपत्र आबेदन गर्न सकिने बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । कम्पनीको लिलामी शेयरमा असोज ४ गते सम्म आबेदन दिन सकिनेछ ।

कम्पनीको लिलामी शेयरमा एनआईबिएल एस क्यापिटलको प्रधान कार्यालय सहित शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नारायणगढ र धनगढी शाखा कार्यालयहरुवाट आबेदन गर्न सकिने छ । यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बनेपा, काभ्रेपलान्चोक शाखावाट पनि बोलपत्र आबेदन गर्न सकिन्छ ।

मिर्मिरेको दोस्रो बजारमा प्रतिकित्ता १५३९ रुपैयाँको हारारहाीमा कारोबार भईरहेको छ ।

शतप्रतिशत हकप्रद बिक्री पश्चात कम्पनीको १० करोड ३८ लाख ६० हजार रुपैयाँ पुग्नेछ । 

गतबर्षको कमाईबाट कम्पनीले २४ प्रतिशत बोनस सेयर र कर तिर्न १.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । हकप्रद र लिलामी बिक्री पश्चात मिर्मिरेको चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार रुपैयाँ पुग्नेछ । बोनस सेयर हकप्रद र लिलामी भर्नेले पनि पाउनेछन् ।

गत असार मसान्तसम्ममा मिर्मिरेले ३ करोड ४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।