स्वदेशी लघुवित्तले प्रस्ताव गर्यो लाभांश, बिक्री हुन बाँकी हकप्रदले समेत पाउने

Sep 12, 2018 Merolagani

स्वदेशी लघुवित्त(SDESI) ले गतबर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले हाल जारी गरिरहेको हकप्रद शेयरले समेत पाउने गरी नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले हकप्रद शेयर बाँडफाँड पश्चात कायम हुने चुक्ता पूँजी २३ करोडको दश प्रतिशत हुन आउने दुई करोड ३० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । साथै कम्पनीले कर प्रयोजनका लागि १२ लाख १० हजार ५२६ रुपैयाँ समेत छुट्याएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि गत भदौ २५ गते सेयरधनी किताब बन्द गरेको थियो । कम्पनीले हकप्रद बिक्री भने खुला गरिसकेको छैन ।

गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।