मंगलबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले यसअघिका विगत दुई बर्षयता ६ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो ।
गत आर्थिक बर्षको चौथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीकाे चुक्त्ता पूँजी ५० करोड १० लाख ५५ हजार १०० रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको तीन करोड ६३ हजार ३०६ रुपैयाँ बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार ४०६ रुपैयाँ पुग्नेछ ।
कम्पनीले उक्त लाभांश वितरण गर्न असोज २० गते शनिबार १७ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाबाट पारित भएपछि उक्त बोनस सेयरधनीलाई वितरण गरिनेछ ।