बुद्धभूमी हाइड्रोको १२ करोडको आईपिओ आउने, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल

Sep 12, 2018 Merolagani

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १२ करोड रुपैयाँ बराबरको आईपिओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित दरका १२ लाख कित्ता सेयर निष्काशन गर्न सिभिल क्यापिटललाई विक्री प्रवन्धक नियुक्ति गरेको छ ।

कम्पनीले १२ लाख कित्ता शेयरमध्ये चार लाख कित्ता आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि छुट्याएको छ ।

बुधबार शेयर निष्काशन सम्बन्धी सम्झौतामा सिभिल क्यापिटल मार्केट र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्मनीबीच हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बुद्धभूमी हाइड्रोको तर्पmबाट प्रवन्ध संचालक बलराम खतिवडा र सिभिल क्यापिटल मार्केटका तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्ताक्षर गरे ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रहेको छ र उक्त शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।

उक्त आयोजना नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका समुन्द्रटार स्थित ताँदी खोलामा रहेको छ । ५ मेगावाट क्षमताको उक्त आयोजनाको हालसम्म ५० प्रतिशत निर्माण कार्यसम्पन्न भइसकेको छ ।

कम्पनीले आगामी मंसिर भित्रमा स्थानियवासीको लागि शेयर निष्काशन गर्ने र स्थानियवासीको शेयर निष्काशन पश्चात सर्वसाधारणका लागि सर्वसाधारणका लागि शेयर जारी गर्ने लक्ष्य लिएको छ ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।