प्रभु इन्स्योरेन्स कम्पनीले भदौ १७ देखि २४ गतेसम्म १५ हजार ८६१.७६ कित्ता संस्थापक सेयर र एक लाख २१ हजार १५४.८७ कित्ता साधारण सेयर लिलामीमा ल्याएको थियो ।
इन्स्याेरेन्सकाे साधारण सेयरका लागि एक हजार १६ वटा र संस्थापक सेयरका लागि ३ वटा मात्र आवेदन परेको थियाे ।
साधारण सेयरका लागि अधिकतम ५०० रुपैयाँसम्मको आवेदन परेको थियाे । एक आवेदकले १०० कित्ता सेयरका लागि सो मुल्यमा बोलपत्र पेश गरेका हुन् । त्यसैगरि अर्का एक अावेदकले पाँच हजार कित्ता सेयर न्यूनतम मूल्य १०० रूपैयाँमा समेत अावेदन गरेका छन् ।
त्यसैगरि संस्थापक सेयरका लागि १७० रुपैयाँमा आवेदन गर्नेले मात्र सेयर प्राप्त गरेका छन् ।