रिडीको शेयरधनीलाई थपिने भयो हकप्रदको भार, बोनस पारित गर्न साधारण सभा आह्वान

Sep 16, 2018 Merolagani

रिडी हाइड्रोपावर कम्पनी (RHPC) को सेयरधनीलाई हकप्रदको भार थपिने भएको छ । कम्पनीले आगामी असोज २० गते आह्वान गरेको साधारण सभामा शतप्रतिशत हकप्रद जारी गर्ने र बोनस पारित गर्ने एजेण्डा मुख्य रहेकाे छ ।

रिडीले असोज २० गते इन्द्रणी ब्याङ्कवेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार असोज ४ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित ६ प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन् ।

रिडी हाइड्रोपावरको भदौ २६ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७४/७५ मा आर्जन गरेको खुद नाफा तथा सञ्चित जगेडा कोषबाट सेयरधनीलाई ६ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई कम्पनीले साधारण सभाबाट अनुमोदन गराउनेछ ।

कम्पनीले चुक्ता पूँजी बढाउन साधारण सभामा गत आर्थिक वर्षको बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव रहेको छ । उसले हकप्रद जारी गर्न नियामक निकाय धितोपत्र बोर्ड लगायत अन्य संस्थाहरुसँग समन्वय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

गत आर्थिक बर्षको चौथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्त्ता पूँजी ५० करोड १० लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको तीन करोड ६३ हजार ३०६ रुपैयाँ बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार रुपैयाँ पुग्नेछ । प्रस्तावित हकप्रद जारी गर्दा कम्पनीको चुक्ता पूँजी एक अर्ब ६ करोड २२ लाख ३६ हजार रुपैयाँ पुग्नेछ ।

साधारणसभामा कम्पनीले कम्पनीले निर्माण गर्न लागेको ८.५ मेगावाट बुटवल सोलार आयोजनाका लागि परियोजना ऋण स्वीकृत गर्ने, ५ जना सञ्चालकको चयन/निर्वाचन गर्नेछ ।

यसैगरि आर्थिक वर्ष २०७४/७५ को सञ्चालक समितिको प्रतिबेदन पारित गर्ने, लेखा परिक्षणको प्रतिबवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतको वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।