अघिल्लो आर्थिक वर्षमा माईक्रोफाइनान्सले ३४.४८ प्रतिशत बोनस तथा १०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
अहिले माइक्रोफाइनान्सको चुक्ता पूँजी १७ करोड रुपैयाँ छ । प्रस्तावित बोनस वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी २१ करोड रुपैयाँ पुग्नेछ ।
अघिल्लो आर्थिक वर्षमा ५ करोड ९५ हजार रुपैयाँ खुद नाफा कमाएको माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा ४ करोड २९ हजार रुपैयाँ खुद नाफा कमाएर २३ रुपैयाँ ५५ पैसा प्रतिसेयर आम्दानी कायम गरेको थियो ।
गत आर्थिक वर्षमा एक बराबर एकको अनुपातमा हकप्रद सेयर समेत निष्काशन गरेको माइक्रोफाइनान्सले एकै पटक ७ करोडको पूँजीलाई १७ करोड पुर्याएर २३.५३ प्रतिशत बोनस वितरण गर्न सक्नुले लगानीकर्तालाई उत्साहित बनाएको छ ।