गुहेश्वरी मर्चेन्टले नगद लाभांश मात्रै बाँड्ने

Sep 18, 2018 Merolagani

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स (GMFIL)ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने भएको छ । राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम गरिसकेको यस फाइनान्सले पूँजी नबढाउने उदेश्यका साथ नगद बाँड्न लागेको हो ।

फाइनान्स सञ्चालक समितिको असोज १ गते बसेको १९५ औं बैठकले नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

फाइनान्सको हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको ५.२६३२ प्रतिशत अर्थात चार करोड २१ लाख पाँच हजार ६०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

अघिल्लो बर्ष भने फाइनान्सले १७.७९ प्रतिशत बोनस वितरण गरेको थियो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर फाइनान्सको आगामी १७ अाैं बार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात बुकक्लोजसम्म कायम रहने सेयरधनीलाई वितरण हुनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।