कञ्चन डेभलपमेण्ट बैंकका लगानीकर्तालाई ५ प्रतिशत बोनस

Sep 21, 2018 Merolagani

कञ्चन डेभलपमेण्ट बैंक (KADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस तथा ६.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा कञ्चनले १६.०३ प्रतिशत बोनस तथा ०.८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सोही समयमा ३० प्रतिशत हकप्रद समेत बिक्री गरेका कारण लाभांश क्षमता घटे पछि बैंकले लाभांशको आकार घटाएको हो ।

सात नम्बर प्रदेशमा आफ्नो अस्तित्व बचाई राख्न बैंक आफैँले चुक्ता पूँजी ५० करोड ५० करोड ६० लाख रुपैयाँ पुयाईएको छ । प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ५३ करोड १३ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताहरुले पाउने छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।