स्वदेशीको हकप्रद असोज २३ गतेदेखि निष्काशन हुने, हकप्रदमा समेत लाभांश

Sep 23, 2018 Merolagani

स्वदेशी लघुवित्त कम्पनी (SDESI) ले असोज २३ गतेदेखि एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । लघुवित्तले ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

लघुवित्तको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

यस हकप्रदमा भदौ २४ गतेसम्म कायम रहेका सेयरधनीले कात्तिक २६ गतेसम्म आवेदन गर्न सक्नेछन् । हकप्रदमा स्वदेशी लघुवित्तकाे कायार्लय इटहरी र सम्पूर्ण शाखा कायार्लयहरू, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बबरमहल, तथा धितोपत्र बोर्डबाट सि-आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत अावेदन गर्न सकिनेछ ।

लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ । शतप्रतिशत हकप्रद पश्चात स्वदेशीको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी २३ करोड रुपैयाँको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसअनुसार हकप्रदले समेत उक्त लाभांश प्राप्त गर्नेछ ।

गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य बिहीबार प्रतिकित्ता ७८० रूपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।