जेबिल्स फाइनान्सको ४३% हकप्रद बिकेन, झण्डै १० लाख कित्ता लिलामीमा आउने

Sep 23, 2018 Merolagani

जेबिल्स फाइनान्स (JEFL) ले असार १० देखि साउन २८ गतेसम्म निष्काशन गरेको चुक्ता पूँजीको ४० प्रतिशत हकप्रदमा सेयरधनीको न्यून आवेदन परेपछि फाइनान्सले ९ लाख ९७ हजार ६२८ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ ।

सेयर बजार अस्थिर बन्दा तथा कम्पनीको व्यवसायमा देखिएको फितलो प्रगतिले फाइनान्सको सेयरमूल्य धितोपत्रको दोस्रो बजारमा एक सय रुपैयाँ झर्न पुग्याे । साेही कारणले फार्इनान्सकाे ठूलो परिमाणमा हकप्रद बिक्री नभएको हो । 

फाइनान्सले ४० प्रतिशत बराबरको २३ लाख ११ हजार ६५० कित्ता हकप्रद जारी गर्दा सेयरधनी मार्फत १३ लाख १४ हजार २२ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो सेयर फाइनान्स कम्पनीको सञ्चालक समितिले असोज १ गते बाँडफाँड गरेको छ । बाँकी सेयर भने फाइनान्सले लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याउनेछ ।

फाइनान्सको सेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

फाइनान्सको चुक्ता पूँजी ६३ करोड ३६ लाख ३३ हजार रुपैयाँ छ । हकप्रद शेयर निष्काशन पश्चात फाईनान्सको चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ ।

असोज ७ गते आइतबार फाइनान्सको प्रतिकित्ता शेयरमूल्य १०० रुपैयाँको कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।