अघिल्लो आर्थिक बर्षमा होटलले १८ प्रतिशत बोनस तथा ६.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आर्थिक बर्ष २०७२/७३ मा भने कम्पनीले २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद वितरण गरेको थियो ।
गत बर्षमा भने होटलले बोनस सेयर घटाएर नगद लाभांशलाई बढाएको छ । कम्पनीले तीन प्रतिशत बोनस घटाएर ५.११ प्रतिशत नगद लाभांश बढाएको हो । प्रस्तावित लाभांश कम्पनीकाे एक्काइसाैं बार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीलार्इ वितरण हुनेछ ।
कम्पनीले कार्तिक १२ गते नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेलमा एक्काइसाैं बार्षिक साधारण सभा गर्ने भएकाे छ । लाभांश वितरण र साधारणा सभा प्रयाेजनका लागि कम्पनीले असाेज १९ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाे छ । यसअनुसार असाेज १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन् ।
हाल ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ चुक्ता पुँजी रहेको ओरियन्टल होटलको प्रस्तावित १५ प्रतिशत बोनस सेयर वितरण पश्चात एक अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४४ रुपैयाँ कायम हुनेछ ।