स्वावलम्बन लघुवित्तको ५ प्रतिशतले बढ्यो बाेनस, ३६.८४% लाभांश प्रस्ताव

Sep 26, 2018 Merolagani

स्वावलम्बन लघुवित्त (SWBBL) को लाभांश ५.२६ प्रतिशतले वृद्धि भएको छ । लघुवित्त कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको २९२ औं बैठकले गत आर्थिक बर्षकाे नाफाबाट कम्पनीले २५ प्रतिशत बोनस शेयर तथा ११.८४ प्रतिशत नगद लाभांश गरि कूल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अघिल्लो बर्षमा लघुवित्त कम्पनीले २० प्रतिशत बोनस तथा कर प्रयोजनका सहित ११.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

गत बर्षमा कम्पनीले ५ प्रतिशतले बोनस तथा ०.२६ प्रतिशतले नगद लाभांश वृद्धि गरेको हो ।

लघुवित्तको हाल कायम चुक्ता पूँजी ५० करोड ३१ लाख १० हजार ७०० रुपैयाँको रुपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ५७ लाख ७७ हजार ६७५ रुपैयाँ बराबरको १२ लाख ५७ हजार ७७७ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख ८८ हजार ३७५ रुपैयाँ पुग्नेछ ।

यसैगरि स्वरोजगारले बोनसमा लाग्ने कर प्रयोजन सहित चुक्ता पूँजीको ११.८४२१ प्रतिशत बराबर अर्थात ५ करोड ५५ लाख ७८ हजार ८९९ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भएर लघुवित्त कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।