वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो । सहभागी हुन चाहने बैंकहरुले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ्ग गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ७ दिनका लागि असोज १८ गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो जारी गरेकोे हो । जसअनुसार बैंकहरुले असोज १८ गते सो रकम फिर्ता पाउनेछन् ।
यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ । बोलकबोलमा परेको आवेदनबाट भारित औषतमा व्याजदर निर्धारण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जानकारी दिएको छ ।
बैंकहरुसँग पर्याप्त तरलता हुँदा जथाभावी लगानी हुनसक्ने र निक्षेपकर्ताहरुले अत्यन्तै कम व्याज पाउने सम्भावना हुन्छ । जसले अर्थतन्त्रमा गम्भीर समस्या उत्पन्न गर्छ । त्यसैले बजारमा पैसा बढी हुने बित्तीकै केन्द्रिय बैंकले विभिन्न मौद्रिक उपकरण मार्फत पैसा उठाएर बजारलाई व्यवस्थित गर्ने गर्छ ।
राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ५० अर्ब बढी तरलता रहेको छ ।