बढ्दो बजारको सकारात्मक असर म्युचुअल फण्डमा

Sep 27, 2018 Merolagani

गत बर्षको पुस महिना देखि सञ्चालनमा आएको ७ बर्षे एन आई सी एशिया ग्रोथ फण्ड (NICGF) को भदौ महिनाको प्रति इकाई खुद सम्पत्ति १० रुपैयाँ ३५ पैसा कायम भएको छ । साउनको तुलनामा भदौमा फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य १८ पैसाले बढेको छ ।

साउनमा फण्डको प्रति इकाई खुद मूल्य १० रुपैयाँ १७ पैसा थियो । शेयर बजार बढ्दो क्रममा रहँदा सामूहिक लगानी कोषहरुको प्रति इकाई खुद मूल्यमा सुधार हुन थालेको देखिएको हो ।

यस अघि पनि मासिक वित्तीय विबरण सार्वजनिक गरेका केही फण्डहरुको इकाईमा सकारात्मक असर देखिएको थियो । 

फण्डले भदौ महिनाको अन्त्यसम्ममा ५५ कम्पनीको सेयरमा ३५ करोड २३ लाख २४ हजार ५१ रुपैयाँ लगानी गरेको छ । गत साउनमा २९ करोड ७३ लाख ३९ हवार ८१० रुपैयाँ लगानी गरेको थियो ।

साउनमा सूचीकृत नभएको कम्पनीमा फण्डले गरेको लगानी अहिले सूचीकृतमा रुपान्तरण भैसकेको छ । बैंक मौज्दात घटाएर बजारमा लगानी बढाएको फण्डले अघिल्लो महिनाको तुलनामा साढे ५ करोड रुपैयाँ बढी लगानी गरेको देखिन्छ ।

त्यसैगरी भदौमा फण्डले सूचीकृत ऋणपत्रमा दुई करोड ९४ लाख ५८ हजार ९४७ रुपैयाँ लगानी गरेको छ भने सूचीकृत हुन बाँकी कम्पनीको शेयरमा ३ करोड ५९ लाख ५ हजार ९१५ रुपैयाँ लगानी गरेको छ ।

यसका बावजुद पनि फण्डले सवा ३७ करोड रुपैयाँ बैंक मौज्दात गरेको छ । अघिल्लो महिना फण्डले ४१ करोड रुपैंयाभन्दा बढी रकम बैंक मौज्दात गरेकोमा अहिले ४ करोड रुपैयाँ  रकम बजारमा लगानी गरी मौज्दातको आकार घटाएको हो ।

बजार अहिलेको गतिमा सुधार हुँदै गएको खण्डमा आगामी महिना यो आकार पनि घट्ने छ । जसले बजारमा फण्डको लगानी बढेको कुरालाई प्रष्ट पार्नेछ । फण्डले मुद्धती निक्षेपमा ८ करोड ३५ लाख रुपैयाँ बचत गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।