कामना सेवा क्लियरिङ्ग हाउसको इ पेमेन्ट प्रणालीमा आवद्ध, विद्युतीय भुक्त्तानीमा सहज

Sep 27, 2018 Merolagani

कामना सेवा विकास बैंक (KSBBL) नेपाल क्लियरिङ्ग हाउसको इ पेमेन्ट प्रणालीमा आवद्ध भएको छ । असोज १० गते नेपाल क्लियरिङ्ग हाउस र कामना सेवा विकास बैंकले विद्युतिय प्रणाली मार्फत भुक्तानी गर्ने सम्झौता गरेका हुन् ।

नेपाल क्लियरिङ्ग हाउसले बैंक वित्तीय संस्थाहरुलाई आफ्नो कनेक्ट आईपीस इ पेमेन्ट प्रणालीमा आवद्ध गराउँदै आएको छ । यसै क्रममा कामना सेवालाई पनि आवद्ध गराएको हो ।

क्लियरिङ्ग हाउसको कनेक्कट आईपीस इ पेमेन्ट प्रणालीमा हाल सम्म ४१ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी हाल ३० वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा लिएका छन् ।

प्रणाली माफर्त बैंकको खाताबाट एक पटकमा एक लाख रुपैयाँ सम्मको अनलाईन भुक्तानी गर्न सक्ने क्लियरिङ्ग हाउसले जनाएको छ । नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले धधध।अयललभअतष्उक।अयm मा गई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिङ्क गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सक्नेछन् ।

सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुने नेपाल क्लियरिङ्ग हाउसले बताएको छ । साथै यस प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था गरेको छ ।

ग्राहकहरुले धधध।चबवबकधब।ाअनय।नयख।लउ, धधध।चभखभलगभ।ाअय।नयख।लउ, धधध।ष्चम।नयख।लउ) बाट नेपाल सरकारको कर राजश्व भुक्तानी गर्न सक्ने नेपाल क्लियरिङ्ग हाउसले जानकारी गराएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।