इच्छुकले शुक्रबार कार्यालय समयभित्र बिक्री प्रबन्धक तथा सेन्ट्रल फाइनान्स तथा इन्भेष्टमेन्ट बैंककाे ताेकिएकाे शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।
फाइनान्स कम्पनीको शेयर बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट रहेको छ ।
लिलामीमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट तथा शाखाहरु लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट बोलपत्र फारम बुझाउन सक्नेछन् ।
त्यस्तै सेन्ट्रलको केन्द्रीय कार्यालय कुपण्डोल तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भने व्यवस्था गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा आवेदन गर्न सक्नेछन् ।
कम्पनीले यो तेश्रो पटककाे लिलामी हो । यसअघि २ पटकसम्म लिलामी गर्दा बिक्री नभएको शेयर अहिले तेस्रोपटक लिलामीमा ल्याएको हो । कम्पनीको शेयर अन्तिम पटक मार्च २७ तारिकमा १०० रुपैयाँमा कारोबार भएको छ ।