ग्लोबल समुन्नत योजना–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य १७ पैसा बढ्यो

Sep 28, 2018 Merolagani

ग्लोबल आइएमई समुन्नत योजना–१ (GIMES1) को भदौ महिनामा प्रति इकाई खुद सम्पत्ति मूल्य (NAV) १७ पैसाले बढेको छ । भदौ महिनामा फण्डको नाभ ८ रुपैयाँ ८० पैसा रहेको छ । साउन मसान्तमा उसको नाभ ८ रुपैयाँ ६३ पैसा रहेको थियो ।

एक अर्ब रुपैयाँ आकारको यस फण्डको भदौ मसान्तमा फण्डको खुद सम्पत्ति ८७ करोड ९५ लाख ८५ हजार २६१ रुपैयाँमा खुम्चिएको छ । साउन मसान्तमा उसको खुद सम्पत्ति मूल्य ८६ करोड ३४ लाख ५६ हजार ७१ रुपैयाँ रहेको थियो । 

यस फण्डले भदौ महिनाको मसान्तसम्ममा सूचीकृत कम्पनीको ५४ लाख २६ हजार ५४७ कित्ता शेयरमा ७७ करोड १५ लाख ७९ हजार ११३ रुपैयाँ लगानी रहेको छ । साउनमा यस्तो लगानी ७५ करोड ८७ लाख ७४ हजार रहेको थियो ।

फण्डले एनएमबि बैंकमा सबैभन्दा धेरै एक लाख ८० हजार ६४१ कित्ता शेयरमा ६ करोड ५० लाख ३३ हजार ६४० रुपैयाँ लगानी गरेको छ । नेपाल बैंकमा पनि फण्डले ५ करोड ५४ लाख ५३ हजारको लगानी रहेको वित्तीय विवरणमा उल्लेख छ ।

फण्डको सूचीकृत ऋणपत्रमा एक करोड रुपैयाँ लगानी छ । त्यसैगरि फण्डले सूचीकृत नभएका कम्पनीको शेयरमा ४ करोड २२ लाख ४२ हजार रुपैयाँ लगानी छ भने मुद्धती निक्षेपमा ५० लाख रुपैयाँ राखेको छ ।

भदौमसान्तमा फण्डको बैंक मौज्दातमा ५ करोड ४७ लाख ९२ हजार ४४६ रुपैयाँ सञ्चित छ । साउन महिनाको तुलनामा बैंक मौज्दात एक करोड ६२ लाख ७१ हजार ९६४ रुपैयाँ बढेको हो । साउनमा तीन करोड ८५ लाख २० हजार ४८२ रुपैयाँ बैंक मौज्दात रहेको थियो ।

भदौमा मसान्तमा फण्डको नोक्सानी १८ करोड ३५ लाख आठ हजार रहेको छ । साउनमा फण्डको नोक्सानी १९ करोड ९६ लाख ३७ हजार रुपैयाँ रहेको थियो । साउनको तुलनामा भदौमा एक करोड ६१ लाख २९ हजार रुपैयाँले नोक्सानी घटेको हो ।

ग्लोबल आइएमई समुन्नत योजना–१ ग्लोबल आइएमई म्यूचुअल फण्ड द्धारा सञ्चालित सामूहिक लगानी कोष हो । यसको प्रबद्र्धक ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापक रहेको यस कोषले २०७२ माघ १३ गते धितोपत्र बोर्डबाट सञ्चालनको अनुमति पाएको थियो ।

२०७२ फागुन २ देखि ५ गतेसम्म १० करोड इकाई जारी गरेको सात बर्ष अवधिको फण्ड वि.सं. २०८० मंसिर १० गते परिपक्क हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।