मोटर बीमामा आकर्षण, बीमा कम्पनीहरुले गत बर्ष मोटर बीमाबाटै गरे ९ अर्ब आर्जन

Sep 28, 2018 Merolagani

निर्जीवन बीमा अन्तर्गत मोटर बीमामा आकर्षण बढेको छ । गत आर्थिक वर्षको असार मसान्त सम्ममा राष्ट्रिय बीमा कम्पनी बाहेकका १८  निर्जीवन बीमा कम्पनीहरुले कुल २२ अर्ब ३५ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेकोमा मोटर बीमाबाट मात्रै ८ अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेका छन् ।

जसमध्ये शिखर इन्स्योरेन्स एक्लैले एक अर्ब ६२ करोड ३७ लाख रुपैयाँ बराबरको मोटर बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै प्रुडेन्सियल इन्स्योरेन्सले ९४ करोड ५० लाख रुपैयाँ मोटर बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी ४ कम्पनीले ८० करोड रुपैयाँ भन्दा बढिको मोटर बीमा शुल्क संकलन गरेका छन् । जसमा सगरमाथा इन्स्योरेन्सले ८२ करोड ४३ लाख, प्रिमियर इन्स्योरेन्सले ८० करोड ६६ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ८० करोड ५१ लाख र नेको इन्स्योरेन्सले ८० करोड ४३ लाख रुपैयाँ बराबरको मोटर बीमा शुल्क आर्जन गरेको हो ।

निर्जीवन बीमा कम्पनीहरुले समग्र अग्नि बीमाबाट ४ अर्ब २९ करोड, सामुन्द्रिक बीमा ३ अर्ब १४ करोड, इन्जिनियरिङ्ग बीमा २ अर्ब २९ करोड, विविध बीमावाट २ अर्ब १९ करोड, हवाई बीमावाट ९० करोड ८२ लाख र कृषि तथा वाली बीमावाट ५४ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको बीमा समितिको तथ्याङ्क छ ।

गत असार मसान्त सम्ममा ८२ हजार ७८६ कुल दाबी परेको मध्ये ६६ हजार ९२६ दाबी बापत १४ अर्ब ७२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । बाँकी दाबीका लागि २ अर्ब ८२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ ।

गत आर्थिक वर्षको असार मसान्त सम्ममा पूर्नबीमा शूल्क वापत ११ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ भुक्तान गरेको छ । पुर्नबीमा कमिशन भने २ अर्ब २६ करोड ६५ लाख रुपैयाँ मात्रै संकलन भएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको लगानी २७ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ । तर निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी भने १० अर्ब ८५ करोड ५१ लाख रुपैयाँमा मात्रै सीमित छ ।

प्रत्येक निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी एक अर्ब पुर्याउन बीमा समितिले निर्देशन दिए अनुरुप सबै कम्पनीहरुले तोकिएको चुक्ता पूँजी भने पुर्याउन सकिरहेको छैन ।

गत आर्थिक वर्षको असार मसान्त सम्ममा निर्जीवन बीमा कम्पनीहरुको शाखा ७७० वटा, कुल अभिकर्ता संख्या २ हजार ५११ जना र कर्मचारी संख्या ४ हजार १५८ जना रहेको समितिको तथ्याङ्क छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।