बैंकिङ्ग प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आइतबार थप ५ अर्ब उठाउने

Sep 29, 2018 Merolagani

बैंकिङ्ग प्रणालीमा लगानी योग्य पूँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले फेरि तरलता प्रशोचन (बैंकिङ्ग प्रणालीमा धेरै भएको रकम खिच्न) गर्न रिभर्स रिपो जारी गर्देछ । राष्ट्र बैंकले आइतबार ५ अर्बको रिभर्स रिपो जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले गत बिहीबार पनि ५ अर्बको रिभर्स रिपो जारी गरेको थियो । जसमार्फत राष्ट्र बैंकले विभिन्न ९ बैंक तथा वित्तीय संस्थाहरुबाट एक अर्ब ७७ करोड ५० लाख रुपैयाँ खिचेको छ । चालु आर्थिक बर्ष सूर भए यता राष्ट्र बैंकले तीन पटक गरेर १५ अर्बको रिर्भस रिपो जारी गरिसकेको छ ।

आइतबार जारी हुने रिर्भस रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । सहभागी हुन चाहने बैंकहरुले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ्ग गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ७ दिनका लागि असोज २१ गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो जारी गरेकोे हो । जसअनुसार बैंकहरुले असोज २१ गते सो रकम फिर्ता पाउनेछन् ।

यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ । बोलकबोलमा परेको आवेदनबाट भारित औषतमा व्याजदर निर्धारण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जानकारी दिएको छ ।

बैंकहरुसँग पर्याप्त तरलता हुँदा जथाभावी लगानी हुनसक्ने र निक्षेपकर्ताहरुले अत्यन्तै कम व्याज पाउने सम्भावना हुन्छ । जसले अर्थतन्त्रमा गम्भीर समस्या उत्पन्न गर्छ । त्यसैले बजारमा पैसा बढी हुने बित्तीकै केन्द्रिय बैंकले विभिन्न मौद्रिक उपकरण मार्फत पैसा उठाएर बजारलाई व्यवस्थित गर्ने गर्छ ।

राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा करिब ५० अर्ब अधिक तरलता रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।