सिटिजन्स म्युचुअल फण्ड १ को आम्दानीमा उल्लेख्य सुधार, यस्ता कम्पनीमा छ लगानी

Sep 30, 2018 Merolagani

सिटिजन्स म्युचुअल फण्ड १ को कूल आयमा उल्लेख्य सुधार आएको छ । भदौ मसान्तमा फण्डको कूल आय एक करोड ५४ लाख ७ हजार ८१५ रुपैयाँ पुगेको छ । गत साउन मसान्तमा फण्डको आय १५ लाख दुई हजार ३५९ मात्र रहेको थियो ।

फण्डले प्राप्त गरेको पाकेको व्याज आम्दानी र शेयर बजारमा आएको सुधारले भदौ मसान्तमा कूल आयमा उल्लेख्य सुधार देखिएको सीबीआइएल क्यापिटलले जनाएको छ ।

समिक्षा अवधिमा फण्डको आय एक करोड ३९ लाख पाँच हजार ४५६ रुपैयाँले सुधार आएको हो । भदौ महिनामा फण्डले एक करोड ८४ लाख २८ हजार ४२६ रुपैयाँ आम्दानी गरेर ३० लाख २० हजार ६११ रुपैयाँ खर्च गरेको ६११ रुपैयाँ खर्च गरेको हो ।

त्यसैगरी भदौ मसान्त सम्ममा फण्डको खुद सम्पत्ति ८५ करोड ३१ लाख २८ हजार २४१ रुपैयाँ पुगेको छ । गत महिनाको तुलनामा भदौमा फण्डको खुद सम्पत्ति एक करोड ३९ लाख रुपैयाँले वृद्धि भएको हो । साउनमा फण्डको खुद सम्पत्ति मूल्य ८३ करोड ९२ लाख २२ हजार ७८४ रुपैयाँ थियो ।

सिटिजन्स म्युचुअल फण्ड १ को खुद सम्पत्तिमूल्य बढेसँगै भदौ मसान्तमा प्रति इकाई खुद सम्पत्ति मुल्य (नाभ) मा पनि १७ पैसाले बढोत्तरी भएको छ ।

फण्डको नाभ साउन मसान्तमा १० रुपैयाँ २३ पैसा रहेकोमा बढेर भदौ मसान्तमा १० रुपैयाँ ४० पैसा पुगेको हो । शेयर बजारमा आएको सुधार र कम्पनीको लगानी वृद्धिले नाभ उकालो लागेको हो ।

गत बर्षको माघ महिनादेखि सञ्चालनमा आएको यस फण्डले ४९ वटा सूचीकृत कम्पनीको धितोपत्रमा २० करोड ४७ लाख ७६ हजार ५३८ रुपैयाँ लगानी गरेको छ । साउन महिनामा यस्तो लगानी १६ करोड ८६ लाख ९६ हजार ३३ रुपैयाँ रहेको थियो ।

यस फण्डले १३ वाणिज्य बैंक, ३ विकास बैंक, १ फाइनान्स, ७ लघुवित्त, २ जीवन बीमा, ७ निर्जीवन बीमा, २ जलविद्युत, ९ सामूहिक लगानी कोषको इकाईमा र २ अन्य गरि कूल ४६ सूचीकृत कम्पनीमा संस्थापक र साधारण शेयरमा लगानी गरेको छ ।

सूचीकृत हुन बाँकी नेपाल बैंककाे एफपिअाे, पञ्चकन्या मार्इ हाइड्राेपावर र कालिका पावरमा समेत उसकाे लगानी रहेकाे छ ।

सूचीकृत सेयरमध्ये सबैभन्दा धेरै नबिल बैंकको संस्थापक शेयरमा लगानी रहेको छ । फण्डले नबिलको २७ हजार ५७१ कित्ता संस्थापक सेयरमा २ करोड ८ लाख ९८ हजार ८१८ रुपैयाँ लगानी गरेको छ ।

फण्डले विस्तारै शेयरमा लगानी बढाउँदै गएको छ । साउनमा ६० करोड १० लाख ५७ हजार ७४७ रुपैयाँ बैंक मौज्दात रहेकोमा भदौमा घटेर ४५ करोड १० लाख ६४ हजार ७५२ रुपैयाँमा झरेको छ । एक महिनामा बैंक मौज्दात १४ करोड ९९ लाख ९२ हजार ९९५ रुपैयाँले घटेको छ ।

फण्डको सूचीकृत हुन बाँकी धितोपत्रमा ८ करोड ८२ लाख ४१ हजार २७५ रुपैयाँ लगानी छ । साउनमा यस शिर्षकमा १८ लाख ३२ हजार लगानी थियो । उसले स्थिर आय उपकरणमा ८ करोड रुपैयाँ लगानी छ ।

सिटिजन्स म्युचुअल फण्ड अन्तगर्त सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआइएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित पहिलो सामूहिक लगानी कोषको योजना हो । यसको कोष प्रवद्र्धक सिटिजन्स बैंक रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।