एनएमबिको दुबै फण्डको नाभ सुधारात्मक, यस्ताे छ भदाैमा लगानीकाे अवस्था

Sep 30, 2018 Merolagani

शेयर बजारमा आएको सुधारले एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका दुबै म्युचुअल फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (NAV) भदौ मसान्तमा सुधारिएको छ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को नाभ २५ पैसा तथा हाईब्रिड फण्ड एल–१ को १५ पैसाले बढोत्तरी भएको हो ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ (NMBSF1) को भदौ मसान्तमा खुद सम्पत्ति एक अर्ब एक करोड ५७ लाख ३९ हजार ३९४ रुपैयाँ पुगेको छ । साउन मसान्तमा फण्डको खुद सम्पत्ति ९९ करोड ६४ लाख ३४ हजार ८२७ रुपैयाँ थियो ।

खुद सम्पत्तिमा आएको सुधारले भदौमा प्रति इकाई खुद सम्पत्ति मूल्य २५ पैसाले बढेको हो । भदौमा फण्डको प्रति इकाई खुद मूल्य १३ रुपैयाँ ५४ पैसा रहेको छ । साउनमा प्रति इकाई खुद मूल्य १३ रुपैयाँ २९ पैसा रहेको थियो ।

भदौ महिनामा फण्डले ३ करोड ८२ लाख ५ हजार ४८ रुपैयाँ आम्दानी गरेर २१ लाख ५६ हजार २९५ रुपैयाँ खर्च गरेको छ । यसबाट फण्डलाई तीन करोड ६० लाख ४८ हजार ७५२ कूल आय भएको छ ।

७५ करोड रुपैयाँ आकारको यस फण्डको सूचीकृत कम्पनीहरुको शेयरमा ४३ करोड ९ लाख २९ हजार रुपैयाँ लगानी छ । साउनमा फण्डको यस्तो लगानी ४१ करोड २९ लाख रहेको थियो ।

फण्डको लगानीमध्ये वाणिज्य बैंकहरुको शेयरमा सबैभन्दा धेरै १६ करोड ७४ लाख ८१ हजार ३७१ रुपैयाँ लगानी रहेको छ । लघुवित्तमा ७ करोड ५६ लाख ३ हजार ३५३ रुपैयाँ, निर्जीवन बीमा कम्पनी समूहमा ५ करोड ६५ लाख ९८ हजार ७८१ रुपैयाँ लगानी छ ।

यसैगरि जीवन बीमा कम्पनी समूहमा ४ करोड २९ लाख ४८ हजार ३५१ रुपैयाँ, अन्य समूहको कम्पनीहरुमा तीन करोड ४७ लाख ५४ हजार २९० रुपैयाँ, विकास बैकमा तीन करोड ३६ लाख ३७ हजार ९११ रुपैयाँ, हाइड्रोपावरमा एक करोड दुई लाख ८५ हजार रुपैयाँ र होटल्समा सबैभन्दा कम ९६ लाख १९ हजार ९९० रुपैयाँ, लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

पाँच बर्ष अवधिको यस फण्डले सूचीकृत ऋणपत्र तथा बण्डमा एक करोड ४० लाख, सार्वजनिक निष्काशन, हकप्रद र बोनश शेयरमा एक करोड ६७ लाख २५ हजार ८३२ रुपैयाँ लगानी गरेको छ । पाँच करोडको लगानी स्थिर आय उपकरणमा रहेको उल्लेख छ ।

साउन महिनाको तुलनामा बैंक मौज्दात एक करोड १६ लाख ५७ हजार ९०० रुपैयाँले बढेको छ । भदौमसान्तमा फण्डको बैंक मौज्दातमा ४४ करोड २३ लाख २२ हजार ५११ रुपैयाँ सञ्चित छ । साउनमा ४३ करोड ६ लाख ६४ हजार ६११ रुपैयाँ बैंक मौज्दात थियो ।

एनएमबि हाईब्रिड फण्ड एल–१

एक अर्ब रुपैयाँ आकारको एनएमबि हाईब्रिड फण्ड एल–१ (NMBHF1) को भदौ मसान्तमा खुद सम्पत्ति एक अर्ब ५ करोड १९ लाख २६ हजार ९०५ रुपैयाँ पुगेको छ । साउन मसान्तमा फण्डको खुद सम्पत्ति एक अर्ब तीन करोड ६५ लाख ६८ हजार ४६१ रुपैयाँ रहेको थियो ।

साउनको तुलनामा भदौमा खुद सम्पत्ति एक अर्ब ५४ करोडले बढेपश्चात प्रति इकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ५२ पैसा कायम भएको छ । साउनमा फण्डको नाभ १० रुपैयाँ ३९ पैसा थियो ।

भदौ मसान्तमा फण्डले दुई करोड ३५ लाख १९ हजार ३६ रुपैयाँ आम्दानी गर्दा २१ लाख ५६ हजार २९५ रुपैयाँ खर्च गरेको छ । यसबाट फण्डलाई एक करोड ९८ लाख ८६ हजार २९१ रुपैयाँ आम्दानी भएको छ ।

सात बर्षमा परिपक्क हुने बन्दमुखी यस फण्डकोे सूचीकृत कम्पनीको शेयरमा २५ करोड ६० लाख ७३ हजार ६८३ रुपैयाँ लगानी छ । साउनमा उसको लगानी २४ करोड ५९ लाख ८ हजार ९६४ रुपैयाँ रहेको थियो ।

यस फण्डले पनि वाणिज्य बैंकहरुको शेयरमा सबैभन्दा धेरै १० करोड ३१ लाख ३० हजार ९०७ रुपैयाँ लगानी रहेको छ । निर्जीवन बीमामा ४ करोड ५८ लाख ५ हजार ३१९ रुपैयाँ, लघुवित्तमा ४ करोड एक लाख ४ हजार ५४४ रुपैयाँ र अन्य समूहको नेपाल टेलिकममा ३ करोड ५१ लाख ४९ हजार ९२० रुपैयाँ लगानी छ ।

यसैगरि जीवन बीमा कम्पनी समूहमा एक करोड ३४ लाख ८६ हजार ७६६ रुपैयाँ, विकासमा एक करोड ५० लाख ४७ हजार ७६७ रुपैयाँ, होटल्समा २५ लाख ३८ हजार २०० रुपैयाँ, र हाइड्रोपावरमा ८ लाख १० हजार २६० रुपैयाँ लगानी रहेको छ ।

यस फण्डको सूचीकृत ऋणपत्र तथा बण्डमा ८ करोड ५० लाख, सार्वजनिक निष्काशन, हकप्रद तथा बोनश शेयरमा एक करोड ११ लाख ६ हजार ५३२ रुपैयाँ र स्थिर आय उपकरणमा ५४ करोडको लगानी रहेको छ ।

भदौ मसान्तमा फण्डको बैंक मौज्दातमा १५ करोड ९२ लाख २२ हजार ५१२ रुपैयाँ सञ्चित छ । यने साउन मसान्तको तुलनामा ५१ लाख ९८ हजार ६१७ रुपैयाँ बढी हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।