शाइन रेसुङ्गा र जानकी फाइनान्सको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

Oct 01, 2018 Merolagani

शाइन रेसुङ्गा र जानकी फाइनान्सले गत आर्थिक बर्षमा वितरण गर्न प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि दुबैले मंगलबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले आजसम्म कायम शेयरधनीलेले मात्र लाभांश पाउनेछन् ।

 शाइन रेसुङ्गा (SHINE) ले १७.७० प्रतिशत बोनस तथा शेयरमा लाग्ने कर तिर्न ०.९३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बैंकले बोनस प्रस्ताव पारित गर्न असोज २८ गते अम्रकाली कटेज एन्ड रेष्टुरेन्ट बुटवलमा बिहान साढे १० बजे साधारण सभा बोलाएको छ ।

साधारण सभामा बैंकले उपयुक्त अन्य बैैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने। गभिनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छलफल गरि पारित गर्दैछ ।

बोनश पूँजीकरण पश्चात शाइनको चुक्ता पूँजी एक अर्ब ६२ करोड २६ लाख ६४ हजार ८६० रुपैयाँ पुग्नेछ । सोमबार बैंकको प्रतिकित्ता शेयरमूल्य २९७ रुपैयाँ हाहारीमा रहेको छ ।

जानकी फाइनान्स कम्पनी (JFL) ले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीललाई २२ बोनस र कर प्रयोजका लागि १.१६ प्रतिशत नगद सहित कूल २३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बोनस पारित गर्न फाइनान्सले असोज २९ गते होटल रामा प्रालि, जनकपुरधाममा बिहान ९ बजे वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाका लागि मंगलबारदेखि बुकक्लोज गर्ने हुनाले असोज १५ गतेसम्म कायम रहने शेयरधनीले मात्र बोनस पाउनेछन् ।

बोनस पश्चात जानकी फाइनान्सको चुक्ता पूँजी ४९ करोड २१ लाख रुपैयाँ पुग्नेछ । सोमबार फाइनान्सको प्रतिकित्ता शेयरमूल्य २२० रुपैयाँ हाहारीमा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।