असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेकाे हाे । सो लाभांश प्रस्ताव पारित गर्न कात्तिक ८ गते सातौं बार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ ।
कम्पनीले कार्तिक ८ गते बिहीबार सेलिब्रेसन हाइट सुकेधारामा बिहान ११ बजे सभा आह्वान गरेको छ ।
साधारण सभाका लागि कम्पनीले असोज २५ गते बिहिबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार असोज २४ गते बुधबारसम्म कायम रहने शेयरधनीहरु मात्र बोनस प्राप्त गर्न र सभामा सहभागिता हुन पाउनेछन् ।
सातौं बार्षिक साधारण सभामा सानिमा हाइड्रोपावर कम्पनी लिमिटेडलाई आफुमा गाभ्ने विशेष प्रस्तावमा छलफल गरि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्नेछ ।