बुकक्लोजपछि शेयर खरिद गर्ने लगानीकर्ताहरु लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागि हुन पाउँदैनन् ।
मेरो माइक्रोफाइनान्स (MERO) ले कात्तिक ९ गते छैटौं बार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले गत बर्षको नाफाबाट कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
साधारण सभाबाट कम्पनीले बोनस पश्चात कायम हुने पूँजी बराबर नै (शतप्रतिशत) हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ । लघुवित्तको सेवालाई अझ सबल र सक्षम रुपमा विस्तार थप पूँजी आवश्यक पर्ने भएकाले हकप्रद निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजी ३२ करोड ८९ लाख बराबरको हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । यस हकप्रद पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
गत आर्थिक वर्षमा माइक्रोफाइनान्सले ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २५ पैसा कायम गरेको थियो ।
सोमबार कम्पनीको सेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता एक हजार ३०० रूपैयाँमा कारोबार भएको छ ।
यता फर्स्ट माइक्रोफाइनान्स (FMDBL) ले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको १२.६३ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने पनि असोज १६ गते मंगलबार नै अन्तिम दिन रहेको छ ।
सोमबार कम्पनीको सेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४१२ रूपैयाँमा कारोबार भएको छ । माइक्रोफाइनान्सको साउन २१ गते सोमबार सम्पन्न १४० औं सञ्चालक समति बैंठकले १२.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।
असोज ४ गते बसेको सञ्चालक समितिको १४२ औं बैठकले लाभांश पारित गर्न फस्टले असोज २७ गते शनिबार अनुपम फुडल्याण्ड बत्तिसपुतली काठमाडौंमा बिहान ९ बजे नवौं बार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँको १२.६३ प्रतिशत अर्थात आठ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले ३ जना संस्थापक समूहको सञ्चालक निर्वाचन समेत गर्नेछ ।
दुबै कम्पनीको लाभांश साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गर्नेछन् ।