नेपाल स्टक एक्सचेञ्जका अनुसार शाइन रेसुङ्गाको १७.७० प्रतिशत बोनसपछि प्रतिकित्ता २४६ रुपैयाँ ३९ पैसा निर्धारण गरेको छ ।
समायोजित शेयरमूल्यलाई आधार मानेर मंगलबार बैंकको शेयर कारोबार सूचारू हुनेछ । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा बैंकको औसत आधार मूल्य २८३ रुपैयाँ १४ पैसा कायम भएको नेप्सेले जनाएको छ ।
बोनस पारित गर्न फाइनान्सले असोज २८ गते अम्रकाली कटेज एन्ड रेष्टुरेन्ट बुटवलमा बिहान साढे १० बजे साधारण सभा आह्वान गरेको छ । उक्त्त सभाले २४ करोड ४० लाख ४९ हजार ८६० रुपैयाँको बोनस शेयर तथा एक करोड २८ लाख ४४ हजार ७२९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरि अन्य संस्थासँग मर्जर तथा एक्विजिसनका लागि आवश्यक प्रकृया अगाडि बढाउन सम्पूर्ण अधिकार सञ्चालक समिति प्रदान गर्ने मुख्य एजेण्डा साधारण सभामा रहेको छ ।