पाचौँ दिन शेयरबजारमा बल्यो हरियो बत्ति, ४५ करोड बढीको कारोबार

Oct 02, 2018 Merolagani

गत साताको अन्त्यतिरदेखि ओरालो लाग्न थालेको शेयरबजारमा लगातार चार दिनको गिरावटपछि पाँचौ दिनमा हरियो देखिएको छ । वाणिज्य बैंक लगायत कारोबारमा आएका एघार समूहमध्ये ६ समूह सकारात्मक रहेपछि नेप्से सकारात्मक बनेको हो । यसदिन ४५ करोड बढीको शेयर किनबेच भएको छ ।

गत बुधबारदेखि सोमबारसम्म चार कारोबार दिनमा ४१.३८ अंकले घटेको बजार यो साताको मंगलबार २.६९ अंकले उक्लिएर नेप्से सूचक १२४१.३६ अंकमा पुगेको छ । 

बजार सामान्य बढेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने खस्किएको छ । मंगलबार १७१ कम्पनीका १५ लाख ९३ ह्जार ७०० कित्ता सेयर ४५ करोड १९ लाख ९३ हजार रुपैयाँ बराबरमा किनबेच भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोड भन्दा धेरैले कम हो ।

मंगलबार एघार समूहको कारोबार भएकोमा ६ समूह उकालो लागेका छन भने पाँच समूहका सूचक घटेका छन् । वाणिज्य बैंक, उत्पादन, जिवन बीमा, निर्जिवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहका सूचक सकारात्मक रहदा होटल, विकास बैंक, जलविद्युत, उत्पादन र वित्त समूह नकारत्मक रहे ।

यसदिन ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै ३ करोड ६५ लाख बराबरको शेयर किनबेच भयो । सानिमा माई हाइड्रोको पनि झण्डै ३ करोड बराबरकै कारोबार भएको छ । माछापुच्छ्रे, एनएमबि, कुमारी बैंक लगायत पनि लगानीकर्ताको रोजाईमा परेका छन् ।

नाडेप लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै भागर्व विकास बैंकको शेयरमूल्य नौ प्रतिशत बढीले ओरालो लागेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।