सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले बिहिबार देखि ई–डिआईएस सेवा सुचारु हुने मेरो लगानीलाई जानकारी दिए ।
ई–डिआईएस सेवा सुचारु भएपछि शेयर खरिद बिक्रीको राफसाफ सिधै शेयर बिक्री गर्ने व्यक्तिको डिम्याट खाता बाट डेबिट भएर सिधै शेयर खरिद गर्ने व्यक्तिको खातामा जम्मा हुने भएको कारणले शेयर राफसाफ सहज रुपमा हुने प्रवक्ता न्यौपानेले बताए ।
यस बारेमा सीडीएससीले बिहीबार पत्रकार सम्मेलनगरी विस्तृत जानकारी गराउने भएको छ ।
सो सुबिधा मेरो शेयर प्रयोगकर्ताले मात्र प्रयोग गर्न सक्ने छन् । मेरो शेयर प्रयोग नगर्ने लगानीकर्ताले पूरानै शैली मार्फत शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
यो प्रणाली कार्यान्यनमा आएपछि सिडिएससीको मेरो सेयरमा आवद्ध ३ लाख १६ हजार बढी लगानीकर्ता प्रत्यक्ष लाभन्वित हुनेछन् ।
साथै नेप्सेले ल्याउन लागेको पूर्ण अनलाईन प्रणालीमा अनलाईन ट्रेडिङसँगै सेयर हस्तान्तरण पनि अनलाईन नै हुने भएपछि सेयर बजारको विकासमा प्रविधिले थप फड्को मार्ने विश्वास गरिएको छ ।