शेयर लगानीकर्तालाई अर्थमन्त्रीको सुझाब - 'हल्लाखोरहरुसँग शतर्क हुनुहोस्'

Oct 04, 2018 Merolagani

अर्थमन्त्री डा.युवराज खतिवडाले शेयर बजारका लगानीकर्ताहरुलाई हल्लाखोरहरुसँग शतर्क रहन सुझाब दिएका छन्। बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रत्यक्ष अर्न्तवार्ता दिँदै अर्थमन्त्री खतिवडाले आफू शेयर बजार प्रति सदैव सकारात्मक रहेको र अहिले बजार तल जानुपर्ने कुनै कारण नरहेको समेत बताएका छन् ।

कार्यक्रमका प्रस्तोता मनोज पाण्डेले शेयर बजारलाई किन यति धेरै नजर अन्दाज गरेको भन्ने जिज्ञासको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले शेयर बजारका लगानीकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

'अब बजारलाई अलिकति उत्तेजित गराएर मूल्य माथि पुर्याएर शेयर बेचेर निस्कने अनि फेरि बाहिर बसेर हल्ला गरेर शेयर बजारलाई तल ल्याउने र फेरि किन्ने । यी हल्लाखोरहरुसँग हामी शतर्क हुनुपर्छ ।'

'शेयर बजारका लगानीकर्ताहरुलाई म के भन्छु भने, कुनै हल्लाको पछि लाग्नु हुँदैन । तपाईको कम्पनी जहाँ लगानी गर्दै हुनुहन्छ , त्यहाँ नाफा दिएको छ भने तपाई सुरक्षित हुनुहुन्छ । कम्पनी घाटामा गईरहेको छ । कम्पनीको कारोबार पनि पारदर्शी छैन र तपाई शेयरको मूल्य बढी बढी तिरेर किनिरहनु भएको छ भने तपाईलाई कसरी अर्थमन्त्रीले बचाउनसक्छ ।' अर्थमन्त्रीले भने ।

बजार आधारभूत सिद्धान्तले चल्छ, अर्थमन्त्रीले बेटिंङ गर्नु हुँदैन

नेपालमा कुनै बेला स्टक प्राईस आठ सयको वरीपरीमा हुँदा एकजना अर्थमन्त्रीले यो आठ सयबाट नघटोस् है भनेर म राष्ट्र बैंकको गभर्नर हुँदा भन्नुहुन्थ्थो । स्टक एक्सचेन्जको नेप्से इन्डेक्ससँग अर्थमन्त्रीले आफ्नो बेटिंङ गर्न हुँदैन, पहिलो कुरा बजारको आधारभूत सिद्धान्तले शेयर बजार चल्छ, हामीले त्यसलाई बिग्रने वातावरण बनाउन दिनु हुँदैन ।

के कारणले शेयरबजार हतोत्साहित हुन्छ ? आर्थिक वृद्धि कमजोर भयो भने मूल्यवृद्धिदर अत्यन्त माथि गयो भने ।

सरकारले करका दरहरु अत्यन्त धेरै बढायो भने । राजनैतिक अस्थिरता रह्यो भने । अनि शेयर बजार चाहि किन तल जानुपर्ने नआर्थिक वृद्धि घटेको छ अहिले, निरन्तर तेस्रो बर्षमा हामी ऐतिहासिक रुपमा हामी ६ प्रतिशत सात प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिदर लिँदैछौं । ५ प्रतिशत मुनिको मूल्यवृद्धि छ । कुनै क्षणिक अवस्थामा बजारमा तरलताको अलिकित अभाव भयो अरे भन्ने आधारबाट बजार घटेपनि अहिले बजारमा फालाफाल छ । राष्ट्र बैंकले अर्बौं रुपैयाँ प्रशोचन गरिराखेको छ । बजार तल जानुपर्ने कारण छैन ।

शेयर बजारप्रति म सकारात्मक छु, सकारात्मक नै बोल्छु

म सकारात्मक छु , सकारात्मक नै बोल्दिन्छु । हामीलाई राष्ट्रिय पूँजी निमार्ण गर्नुछ । पूँजी बजारको विकास गर्नुछ । राष्ट्रिय पूँजी निमार्ण गर्नलाई शेयर बजारको पनि महत्व हुन्छ । मानिसको बचत पूँजीकरण हुन्छ । त्यसको आधारबाट उद्योग खोल्नलाई, व्यवसाय संचालन गर्नलाई ऋण मात्र लिनुपर्ने अवस्था आउँदैन ।

त्यसरी उद्योग व्यवसाय सञ्चालन गर्नलाई, पूँजी परिचालन गर्नुपर्ने भएकोले पूँजी बजारको ठूलो भूमिका छ । त्यो भूमिका निवार्ह गर्दिनलाई शेयर किन्दिने मान्छेको पनि भूमिका हुन्छ । त्यो भूमिका तपाईहरु निर्वाह गर्नुस् । यो भन्दा सकारात्मक कुरा हुन्छ ?

शेयर मूल्य तोक्ने अर्थमन्त्रीको काम होईन

अनि कुनै शेयरको मूल्य यति भनेर तोक्दिन्छ त अर्थमन्त्रीले ? विश्वका अर्थमन्त्रीहरुले यो शेयरको मूल्य यति हुन्छ म यति पुर्याइदिन्छु भनेर त भन्दैन होलानी ? अर्थमन्त्रीले त वातावरण बनाईदिने हो । शेयर बजारलाई स्थिर र क्रमश शेयर बजारलाई स्वस्थ ढंगले अघि बढ्ने, कुशल ढङ्गले चलाउने, पारदर्शी ढङ्गले अघि बढाउने कुरामा सम्भवत मेरो बजेटमा सबैभन्दा धेरै सुधारका कुराहरु छन् । त्यो पढेर उहाँहरुले बुझिदिनु पर्यो ।

अर्थतन्त्रमा राम्रो हुँदा शेयर बजारले त्यसको स्वत: प्रतिविम्ब गरिहाल्छ । १२ सय भन्दा माथिको बेस प्राइस छ । कुनै खास परिस्थितिको प्राइसलाई अहिले जोड्न मिल्दैन र अहिलेको भोलि पनि जोड्न मिल्दैन ।

म अर्थभन्त्री हुनेबेला शेयर बजारमा अलिकति तरलताको प्रभाव तत्कालीन रुपमा परेको हो । त्यो भन्दा अरु मैले केहि पनि कारण देख्दिँन ।

यो भिडियोमा २६ मिनेटपछि शेयर बजार बारे गरिएको कुराकानी हेर्न सकिन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।