लघुवित्तले गत आर्थिक वर्षमा शतप्रतिशत हकप्रद निष्काशन गरेर सबै सेयर सूचीकरण गराईसकेको छ ।
हकप्रद निष्काशन हुँदै गर्दा साधारण सभाले पारित गरेको बोनस ९ महिना बित्दासम्म नेप्सेमा सूचीकरण हुन नसकेको हो । जसका कारण लगानीकर्ताले लामो समयसम्म समीट माइक्रोको बोनस आफ्नो डिम्याट खातामा देख्न सकेका छैनन् ।
माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्षको कमाईबाट तत्कालीन अवस्थाको ७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजीको ३४.४८२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । गत पुस २८ गते सम्पन्न माइक्रोफाइनान्सको साधारण सभाले उक्त बोनस पारित गरे पनि असोज बित्न लाग्दासम्म बोनस सूचीकरण हुन नसकेको हो । माइक्रोफाइनान्सको सूचीकरण गराउन नसकेको बोनस सेयरको संख्या २ लाख ५० हजार कित्ता हुन आउँछ ।
समीट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र बस्नेतले प्रबन्धपत्र तथा नियमावली संसोधनमा धेरै विषय परिमार्जन गर्दा सेयर सूचीकरणमा ढिलाई भएको बताए । १ नम्बर प्रदेशका १० जिल्लालाई कार्यक्षेत्र बनाउँदै आएको माइक्रोफाइनान्सले १५ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने विषय लम्बिएको उनको भनाई थियो ।
मेरोलगानीसँग कुरा गर्दै माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत बस्नेतले भने, ‘राष्ट्र बैंकको अनुमतिपछि कार्यक्षेत्र बिस्तार तथा विविध विषय सहित प्रबन्धपत्र नियमावली परिमार्जन भैसकेको छ । सबै कागजात नेप्से पठाई सकिएको छ । केही दिनमा अघिल्लो आर्थिक वर्षको बोनस सूचीकरण हुन्छ ।’
माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाईबाट हाल कायम चुक्ता पूँजी १७ करोडको २३.५३ प्रतिशत बोनस तथा १.२४ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरिसकेको छ । उल्लेखित बोनस बितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी २१ करोड रुपैयाँ पुग्नेछ ।