नेशनल लाईफले असार २१ गतेसम्म कायम रहेका शेयरधनीका लागि १० बराबर ६ अनुपातमा ९९ लाख ३६ हजार ४७७ दशमलव ५४ कित्ता हकप्रद साउन १ देखि भदौ १९ गतेसम्म बिक्रीमा ल्याएको थियो ।
सो हकप्रदमा रितिपूर्वक आवेदन दिने ८ हजार ७७३ जना आवेदकलाई ९६ लाख ५८ हजार ३५८ दशमलव २० कित्ता निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले असोज १७ गते बाँडफाँड गरेको इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
आफ्नो कायम हकभन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकको हकमा बाँडफाँडमा नपरेको हकप्रद शेयर वापतको रकम असोज २२ गते सोमबारदेखि फिर्ता भुक्तानी गरिने इन्स्योरेन्सको बिक्री प्रबन्धकले जनाएको छ ।
नेशनल लाईफ इन्स्योरेन्स को शेयर धिताेपत्रकाे दाेस्राे बजारमा प्रतिकित्ता ६९५ रूपैयाँ रहेकाे छ ।