ओरियण्टल होटलको १५ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन

Oct 05, 2018 Merolagani

ओरियण्टल होटल (OHL) को असाेज १९ गते शुक्रबार शेयरमूल्य समायोजन भएको छ । होटलले गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले ओरियण्टलको बोनसपछि प्रतिकित्ता शेयरमूल्य ४५१ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ । समायोजित मूल्यलाई आधार मानेर आइतबार होटलको शेयर कारोबार खुल्नेछ । 

नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा होटलको औसत आधार मूल्य ५३४ रुपैयाँ १५ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

लाभांश पारित गर्न कम्पनीले कात्तिक १२ गते २१ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । सभाका लागि शुक्रबार बुकक्लोज गरेको हो । यसअनुसार विहीबारसम्म कायम रहने शेयरधनीले मात्र बोनस सेयर प्राप्त गर्नेछन् ।

होटलले सभाबाट १४ करोड एक लाख ३५ हजार ४५७ रुपैयाँ बराबरको बोनस तथा होटलको संस्थापक शेयरधनीको हिस्सा ५५ प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४५ प्रतिशत कायम गर्ने गरी एफपिओ निष्काशनको प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ । कम्पनीले काठमाडौं बाहिर होटल सेवा विस्तार गर्न एफपिओ जारी गर्न लागेको जनाएको छ ।

हाल ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ चुक्ता पूँजी रहेको ओरियन्टल होटलको १५ प्रतिशत बोनस शेयर वितर पश्चात एक अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४४ रुपैयाँ कायम हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।