भार्गव विकास बैंकको १४८ रुपैयाँमा शेयरमूल्य समायोजन

Oct 05, 2018 Merolagani

भार्गव विकास बैंक (BHBL) को नेपाल स्टक एक्सचेञ्जमा असोज १९ गते शुक्रबार शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको ५.५६ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बैंकको बोनसपछि प्रतिकित्ता शेयरमूल्य १४८ रुपैयाँ ७४ पैसा निर्धारण गरेको छ । शुक्रबार समायोजन भएको शेयरमूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार सुरु हुनेछ । 

बैंकको नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधार मूल्य १९४ रुपैयाँ ८७ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

बैंकले बोनस शेयर पारित गर्न असोज २७ गते किचन हन्ट कारकाँदो नेपालगञ्जमा बिहान ११ बजे १० औं बार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाका लागि बैंकले शुक्रबारदेखि शेयरधनी किताब बन्द गरेको हो । यसअनुसार विहीबारसम्म कायम रहेका शेयरधनीले लाभांश र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

गत आर्थिक बर्षको नाफाबाट बैंकले शेयरधनीलाई दुई करोड ६४ लाख रुपैयाँ बोनस र कर तिर्न १३ लाख ८९ हजार ४७३ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा प्राप्ती/समाहितको सम्बन्धमा सञ्चालक समितिलाई सम्पूर्ण अख्यिारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्दैछ ।

हाल बैंकको चुक्ता पूँजी ४७ करोड ५२ लाख छ । बोनस शेयरपछि बैंकको चुक्ता पूँजी ५० करोड १६ लाख रुपैयाँ नाघ्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।