साउदी अरेबियाले पाकिस्तानमा लगानी गर्ने

Oct 05, 2018 RSS

पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन (रिफाइनरी) स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ ।

“रिफाइनरी स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले दुबै देशबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाटो खुलेको छ,” पाकिस्तानका पेट्रोलियम मन्त्री गुलाम सरवार खानले बताए । यद्यपी, रिफाइनरी निर्माणमा हुने लगानी रकमबारे केही खुलाइएको छैन ।

 

मन्त्री खानले साउदी अरेबियाबाट पाकिस्तानमा हुने लगानीप्रति कुनै आपत्ति नरहेको पनि बताए ।

पाकिस्तानमा इमरान खानको नेतृत्वको सरकार गठन भएयता यो सबैभन्दा ठूलो वैदेशिक लगानी हो । मन्त्री खानले ग्वदरमा रिफाइनरी निर्माण गर्ने सम्बन्धमा साउदी अरेबियाको उच्च प्रतिनिधिमण्डलले हालै स्थलगत अवलोकन समेत गरिसकेको जानकारी दिए ।

मन्त्री खानले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) परियोजना समेतका अन्य कार्यक्रममा साउदी अ‍ेरेबियाले लगानी बढाउन रुचि देखाएको पनि बताए ।

“अहिले हामीलाई तीन चारवटा खनिज तेल प्रशोधन प्लान्टको जरुरी छ र हामीले साउदी, चिनीया, युएई, रुसी वा अरु कुनै पनि देशको लगानीका लागि खुला गरेका छौं । पाकिस्तानले अझ राम्रो लगानी वातावरण तयार गर्दैछ ।”

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।