युनिलिभरको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, कार्तिक ७ गते साधारण सभा

Oct 07, 2018 Merolagani

युनिलिभर नेपाल (UNL) ले कार्तिक ७ गते आह्वान गरेको २५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते सोमबारदेखि शेयरधनी किताब बन्द गर्दैछ । यसअनुसार असोज २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको नगद लाभांश पाउनेछन् ।

कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजी ९ करोड २१ लाखको ७०० प्रतिशत नगद अर्थात ६४ करोड ४७ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

नेपाली पूँजी बजारमा सर्वाधिक महङ्गो सेयरमूल्य रहेको युनिलिभरले नाफा बढेपनि गत आर्थिक बर्षको नाफाबाट लाभांश भने ५७० प्रतिशतले लाभांश घटाएको छ । उच्च शेयरमूल्य रहेको कारण कम्पनीले प्रस्ताव गरेको ७०० प्रतिशत नगद लाभांश दोस्रो बजारमा खरिद गर्ने शेयरमूल्यका आधारमा भने ३ प्रतिशत भन्दा कम हुन आउँछ ।

आर्थिक बर्ष २०७३/७४ मा भने युनिलिभरले २५ औं वार्षिकोत्सव विशेष बोनस १७० रुपैयाँ सहित प्रतिकित्ता १२७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आवमा ९६ करोड नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा कम्पनीले ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

अहिले युनिलिभरको प्रतिकित्ता शेयरमूल्य २४ हजार ३०४ रुपैयाँ छ । प्रतिशतका आधारले ७०० प्रतिशत धेरै लाभांश देखिएपनि शेयरमूल्य उच्च रहेकाले दोस्रो बजारबाट शेयर खरिद गर्ने लगानीकर्तालाई भने न्यून मात्रामा मात्र लाभांशका प्राप्त हुने अवस्था छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।