लक्ष्मी लघुवित्तको लाभांश स्थिर, बोनस हटाएर नगद मात्रै

Oct 07, 2018 Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) ले गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले असोज २१ गते आइतबार सम्पन्न बैठकले २६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो बर्ष १० प्रतिशत बोनस र १६.३२ नगद लाभांश वितरण गरेको लघुवित्तले गत बर्षको नाफाबाट भने बोनस हटाएर नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले लघुवित्तको चुक्ता पूँजी २४ करोड २० लाखको २६.३२ प्रतिशतले हुन आउने ६ करोड ३५ लाख ९४ हजार ४०० रुपैयाँ (नगद लाभांशको कर सहित) प्रस्ताव गरेको लघुवित्तको प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।