नाफा घटेपछि पूर्णिमा विकास बैंकले ८.८३ प्रतिशतले घटायाे लाभांश

Oct 08, 2018 Merolagani

पूर्णिमा विकास बैंक (PURBL) ले गत आर्थिक बर्षमा ८.८३ प्रतिशतले लाभांश घटाएको छ । अघिल्लो बर्षमा २०.२० प्रतिशत लाभांश वितरण गरेकाे बैंकले गत बर्षमा ११.३७ प्रतिशत मात्र प्रस्ताव गरेकाे हाे ।

पूर्णिमा बैंकको बैंकको असोज १९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ६.३७ प्रतिशत नगद लाभांश ( कर सहित) वितरण गर्ने निर्णय गरेको छ ।

पूर्णिमाले अघिल्लो बर्ष १९.१९ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.०१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । समीक्षा बर्षमा बैंकको बोनस १४.१९ प्रतिशत बोनस घटाएर ३.३६ प्रतिशत नगद लाभांश बढाएको छ । समग्रमा बैंकको लाभांश ८.८३ प्रतिशतले घटेको हो ।

अघिल्लो बर्षमा १० करोड एक लाख खुद नाफा कमाएको बैंकको नाफा गत बर्षमा ७ करोड ४५ लाखमा घटेपछि लाभांश घटेको हो ।

प्रस्तावित बैंकको लााभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण हुनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।